मेयर शाक्यकाे गुनासाे : सङ्घीय सरकारले सम्पदा संरक्षणमा चासो दिएन

 फागुन २०, २०७८ शुक्रबार १६:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरुको संरक्षणमा सङ्घीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ । 

मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व सङ्घीय सरकारको भए पनि त्यसअनुसार काम नगरेको बताउनु भएको हो ।

आज काठमाण्डौको भोटाहिटीमा रहेकाे अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सहयोग नगरे पनि काठमाण्डौ महानगरपालिकाले सबै सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।

उहाँले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीतिअनुसार काम भइरहेको बताउनुभयो ।

आँगन घर पुनर्निर्माणका लागि काठमाण्डाै महानगरपालिकाले ७६ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । यहीअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार रुपैयाँ निकासा भएको र पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिनुभयो ।

समितिका अनुसार आँगन घरको पुनर्निर्माणका लागि करिब साढे १ करोड रुपैयाँ बजेट लाग्नेछ । दुई वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया