एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगले अब मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको छ । आज साेमवार आयोगले आउँदाे स्थानीय तह चुनावकाे तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म–संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो–भिडियो सामग्री तयारी गर्नका लागि चुनावसम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश र चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचनाअनुसार प्राप्त भएका रचनाहरूको मूल्याङ्कन भइरहेको र ती सामग्रीहरू आयोगले उपयोग गर्ने पनि बताउनुभयो ।
आउँदाे वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।