एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाँक्री

 फागुन २४, २०७८ मंगलबार १६:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताउनुभएको छ । मन्त्री झाँक्रीले अरू धेरै देशले याे सम्झौता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आलाेचकहरूलाई प्रश्नसमेत गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज मङ्गलवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विश्वका आधी विश्वमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाउनुभयो । सरकारले स्वीकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उहाँले त्यसलाई देशको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्कसमेत दोहोर्‍याउनुभयो । 

मन्त्री झाँक्रीले भन्नुभयो, ‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा बहस गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सार्वभाैकिताका लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा बहस भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया