विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थाल्याे : विश्वप्रकाश शर्मा

 फागुन २५, २०७८ बुधबार १९:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभाजित कम्युनिस्ट पार्टी हरियो रङ्ग देख्दा नै तर्सिन थालेको बताउनुभएको छ । केन्द्रीय कार्यालयमा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शर्माले हरियो देख्दैमा तर्सिनुपर्ने अवस्था नरहेको बताउनुभयो । 

‘पहिलाे साउनमा के भएकाेले हरियाे देख्छ भन्थे, अहिले चाहिँ विभाजित भएकाे कम्युनिस्ट पार्टी हरियाे रङ्ग देख्दा तर्सिन्छाैँ भनिरहेकाे छ । चुनावमा कसैले तर्सिनुपर्दैन, हामी स्वास्थ प्रतिस्पर्धामा जाने हाे’, उहाँले भन्नुभयाे ।

यस्तै महामन्त्री शर्माले सबैलाई चुनावमा सहभागी हुन आग्रह गरिएकाे र चुनावमा जित्ने भन्दै गर्दा मर्यादित ढङ्गले अघि बढ्ने बताउनुभयाे ।

निर्वाचन आयोगले आउँदो चुनावमा मतपत्रको रङ्ग हरियो राख्न लागेकाेप्रति आपत्ति जनाउँदै हिजो मङ्गलवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुख देख्न सजिलो होस् भनेर हरियो रङ्ग राख्न लागेको प्रतिक्रिया दिनुभएको थियो ।

ओलीले भन्नुभएकाे थियाे, ‘निर्वाचन आयोगले मतपत्रका चिह्नहरू हरियो रङ्गकाे राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटि सच्याउनुपर्‍याे । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने उसले निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’ 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया