खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोस्ट स्थापना

 चैत ३, २०७८ बिहिबार ८:१५:३८ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको छ ।

भौगोलिक रुपमा सुरक्षा निकायबाट टाढा रहेको क्षेत्रको सुरक्षाका लागि राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रूपमा अस्थायी प्रहरी पाेस्टकाे उद्घाटन गर्नुभएको छ ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहने गरी अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिले संवेदनशील भएकाले अस्थायी प्रहरी पाेस्टकाे स्थापना गरिएको हो ।

राखाबाङ्देलका स्थानीयले पटक–पटक प्रहरी चौकी स्थापनाको माग गर्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया