बाजुरा अझै सडक सञ्जालसँग जोडिएन

 भदौ ३०, २०७५ शनिबार १४:१७:५७ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – गएको वर्ष मात्रै बाजुरा जिल्लाको सदरमुकामसम्म कालोपत्रे भएपछि यहाँका स्थानीय बासिन्दाको नियमित गाडी चढ्ने सपना विपना बनेको थियो ।

तर  यस वर्षको बर्षाले साफे मार्तडी सडक खण्डको बल्द्यादेखि मार्तडीसम्मको बाटो पहिरोमा मिसाएपछि बाजुराका नागरिकहरु फेरि निराश भएका छन् । यस वर्षको असार दोस्रो साताबाट सडक क्षतबिक्षेत भएको छ ।

अन्य ग्रामिण सडकहरु समेत क्षत बिक्षत बनेका छन् । त्रिबेणी नगरपालिकाको पैसामा नियमति आएको पहिरोले बुढीगंगा नदीलाई बुढीगंगा नगरपालिकाको बल्द्या र उम्कोटमा धकेल्दा सडक पुरै बगाएको छ भने बस्ती समेत उच्च जोखीममा छ ।

वर्षाले सडक  बिग्रिंदा यात्रुलाई गन्तब्यमा आवत–जावत गर्न समस्या छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र कोल्टीसम्मको सडकमा समेत सउदरमुकामबाट आवत–जावत ठप्प बनेको छ । वर्षा रोकिए पनि यस वर्ष कालो सडकमा हिँड्ने नागरिकको चाहना अधुरै रहने भएको छ । साफे मार्तडी सडक डिभिजन कार्यालले अझै वर्षाले बिगारेको सडक बनाउने सुरसार गरेको छैनन् ।

अछामको साँफे बगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर र सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको ४४ किलोमिटर सडक वर्षाले ठाउँ–ठाउँमा पहिरोले बगाउँदा यातायात नियमित सञ्चालन हुन सकेको छैन । साँफे मार्तडी सडक खण्डको एक दर्जनभन्दा बढी ठाउँमा पहिरोले अबरोध गरेको मालिका यातायात व्यवसाय समितिका इन्चार्ज डेनिश शाहीले बताउनुभयो ।

गएको वर्ष यसै समयमा बिग्रेको बाटो नबनेपछि जिल्लाका राजनीतिक दलका प्रतिनिधि र स्थानीयले बाटो बनाउने गरेका थिए । तर यस वर्ष स्थानीय तहमा अधिकार र स्रोत भए पनि उनीहरुले सडका बारेमा खासै चासो देखाएका छैनन् ।

साँफे मार्तडी सडक खण्डको निर्माण र कालोपत्रेका जिम्मा लिएको पियस कन्ट्रक्सन ठेकेदार कम्पनीले बाजुराको सडमा गएको वर्ष खासै काम गरेन् । हिउँदको समयमा तेलको अभाव देखाएर कामलाई ढिलाई गरेको थियो भने वर्षामा पानीको कारण देखउँदै अछामको मंगैसैनदेखि कमलबजारको सडकमा उपकरणहरु परिचालन गरेका कारण बाजुराको सडक निर्माणमा ढिलाई भए पनि पछिल्लो समय भने बनाएको सडक वर्षाले क्षतबिक्षत बनाएको छ ।

सदरमुकाम मार्तडीसम्म मैसमी रुपमा साना गाडीहरु संचालन हुने गरेका छन् । यसले गर्दा वर्षाको समयमा स्थानीयहरुले प्रत्येक वर्ष समस्या झेल्नु परेको छ । यस वर्षको वर्षामा समेत बिग्रिएको सडकले समेत गाडी नियमित सदरमुकाम आउन सकेका छैनन् ।

सडक बिग्रेका कारण व्यापारीहरुलाई समेत सामाग्री ढुवानी गर्न समस्या रहेको कुरा बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो । वर्षाका कारण अहिले साँफे मार्तडी र मार्तडी कोल्टी मुख्य सडक र मार्तडी घटना सडक, बाम्का तोली, बाम्का कैलाशमाडौं, सेरा डोगडी, सेरा पशुपती डाब खप्तड लगायतका सडकहरु अबरुद्ध भएका छन् ।

जेठ अन्तिम साता सदरमुकाम मार्तडीसम्म सञ्चालन भएको बस त्यसपछि फर्केर मार्तडी आएको छैन । बाजुराका राजनीतिक नेताको केन्द्र र प्रदेशमा पनि कमजोर उपस्थिति छैन । तर पनि यहाँका नागरिकले  नियमित यातायातको सुविधा पाउन सकेका छैनन् । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया