मेरो हैसियतअनुसार थप मन्त्री कोटा चाहिन्छ–प्रचण्ड

 चैत ८, २०७८ मंगलबार १३:१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हैसियत अनुसार मन्त्रिपरिषदमा थप कोटा पाउनुपर्ने दाबी गर्नुभएकोे छ ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको र हैसियत अनुसार आफ्नो पार्टीले थप मन्त्री कोटा पाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गठबन्धन बनाउन र यसलाई टिकाउनमा आफ्नो निकै महत्त्वपूर्ण भूमिका रहेको कारण त्यस भूमिकाअनुसार सरकारमा सहभगिता जनाउनुपर्ने जिकिर गर्नुभयो । आफूले प्रधानमन्त्रीलाई थप मन्त्री कोटाको माग राखिसकेको प्रचण्डको भनाइ छ ।

लोसपाका नेता र प्रधानमन्त्रीबीच भएको छलफल बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जानकारी दिएको तर सरकारमा सहभागिता वा गठबन्धनमा नै सहभागिता गराउने विषयमा छलफल नभएको बताउनुभयो ।

कांग्रेसका नेताहरु माओवादीप्रति आक्रमक बनिरहेको भन्दै उहाँले कांग्रेस नेताहरुको व्यवहारका कारण चुनावमा गठबन्धन नहुने सम्भावना बढेको बताउनुभयो ।  
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया