दाङका दुई पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरे

 चैत ८, २०७८ मंगलबार २०:४:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५/१५ शय्याकाे अस्पताल सञ्चालनमा ल्याएकf] जनाएका छन् । 

बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । अस्पतालले स्वास्थ्य जाँच, भिडियो एक्सरे लगायतका सुविधा नि:शुल्क प्रदान गर्दै आएको छ । यस्तै प्रसूति, ल्याब परीक्षण सुविधा पनि रहेका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्नै लगानीमा अस्पताल सञ्चालन गरेको छ । अस्पतालमा ओपीडी, ल्याब परीक्षण, भिडियो एक्सरे, कोरोनाका बिरामीहरूको उपचार गरिँदै आएको छ । अस्पताल प्रसूति र अप्रेशन थिएटर पनि सञ्चालनको तयारीमा रहेको छ ।

गाउँमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासी पनि खुसी देखिएका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया