आईएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निःशुल्क 'ई‐लर्निङ' काे व्यवस्था

 चैत ९, २०७८ बुधबार २०:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई र विगत दुई दशकदेखि विद्यार्थीहरूको सिकाइलाई सहज बनाउने काम गर्दै आएको मिदास एजुकेशन प्रालीबीचकाे सहकार्यमा 'ई‐लर्निङ' प्रवर्द्धन अभियान सुरु भएकाे छ । याे अभियान यही चैत ८ देखि वैशाख ३१ गतेसम्म ५४ दिनका लागि लागू गरिएको छ ।

यस अभियानमा नेपालमा सफलतापूर्वक विदेशबाट आईएमईबाट रकम पठाउँदा भुक्तानी गरिसकेपछि आईएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड
पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिङ्कमा क्लिक गरेर MiDas eCLASS सरलीकरण शिक्षा एप इन्स्टल गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र त्यही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले निःशुल्क पढ्न पाउनेछन् ।

सरकारी र निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक, शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठअनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको
आवाज, एनिमेनशन र इलुस्ट्रेशनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । MiDas eCLASS मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुँदै जान्छ भन्ने विश्वासका साथ याे अभियान सुरु गरिएको हो । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया