चितवन कांग्रेसले भनेर हुँदैन, गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

 चैत १०, २०७८ बिहिबार १०:३१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताउनुभएको छ ।

स्थानीय तह चुनावको मिति घोषणा भएपछि पहिलो पटक गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै तीन तहकै चुनावमा गठबन्धन हुने दाबी गर्नु भएको हो ।

उहाँले भन्नुभयो, 'गठबन्धन त भइरहेकै छ नि गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय चुनावसम्म पनि रहन्छ।' नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् ।

त्यही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भन्नुभयो, 'चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन्।' माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने भन्दै रेनु दाहाललाई मेयरमा दोहोर्याउने तयारी गरेको छ ।

भरतपुर महानगरपालिकामा यसअघि पनि कांग्रेससँग तालमेल गरेर रेनु दाहाल मेयरमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया