एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई चुनावमा कुनै अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रिय सभा चुनावमा विजयको सुरुवात भइसकेकाे भन्दै सूर्य चिह्न नहुँदैमा आउँदाे चुनावमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो ।
पार्टी निकट मजदुरहरूको सङ्गठन एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीले राष्ट्रिय सभामा कलम चिह्नले विजयको सुरुवात गरिसक्याैँ । तर कतिपयलाई सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भन्ने लाग्ला । कलम चिह्नले जित्न थालिसकेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा एउटाबाहेक सबैलाई जिताएर देखाएका छौँ । अब स्थानीय तहकाे चुनावमा हामी जुट्नुपर्नेछ ।’
अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिनुभयो । उसले सरकारमा हुँदा पनि गफबाहेक अरू केही पनि काम नगरेको उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।