दुम्कीवासमा बस र विद्युतीय माइक्रोबस ठोकिँदा भारतीय नागरिकका...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – कृषि समस्या समाधानका लागि नेपालमै पहिलो पटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक भएको छ ।
आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इन्टिलिजेन्स (एआई) 'साथी' नामक सफ्टवेयर सार्वजनिक गरेकाे हो । याे सफ्टवयरले किसानहरूले खेतीपाती गर्दा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकताको प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउनेछ ।
महिला विकास समाजकी संयोजक लचना हाडाले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण कमजोर बन्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्न तथा किसानलाई सूचना प्रविधि उपलब्ध गराउन याे सफ्टव्यर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस सफ्टवेयरबाट अब किसानले आफ्नो खेत/बारीको माटोको गुणस्तर, बालीनाली परीक्षणको नतिजा थाहा पाउन प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
यो सप्टव्यर अहिले एन्ड्राेइडमा उपलब्ध रहे पनि चाँडै नै आईओएसमा पनि उपलब्ध हुने उहाँले बताउनुभयो । उहाँले यो सप्टवेयरले बालीनालीमा लाग्ने धान, मकै, गहुँ, केरा, आलु, गोलभेडा, जुट र कफी लगायतका २३ किसिमका बालीमा लागेको रोगको पहिचान पनि गर्ने बताउनुभयो ।
यो सफ्टवेयर सञ्चालनका लागि इन्टरनेट तथा क्लाउड पूर्वाधार नचाहिने भएकाले पनि हरेक किसानले सजिलै यसलाई प्रयोग गर्न सक्नेछन् । यो प्रविधि विकास गर्ने टोलीमा महिला विकास समितिअन्तर्गतको सक्रिय महिला प्राविधिकहरूको समूह 'इम्प्याक्टर्स' सूचना प्रविधि विज्ञ लचना हाडासहित १६ जना महिला विज्ञ सहभागी हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।