ओलीकाे आराेप : निर्वाचन आयाेग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने गतिविधिमा लाग्याे

 चैत १३, २०७८ आइतबार २०:७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरूलाई फाइदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाउनुभएको छ । स्थानीय तह चुनावकाे मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्तिसमेत जनाउनुभयो । 

आज आइतवार बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढङ्गले चुनाव सम्पन्न गर्नुपर्ने भए पनि निर्वाचन आयोगको गतिविधिप्रति आशङ्का गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको पनि बताउनुभयो ।

निर्वाचन आयोगले दलहरूसँग छलफल समेत नगरि निर्णय गर्दै जाने काम गर्न नहुने पनि पटक–पटक अध्यक्ष ओलीले दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, ‘दलहरूसँग परामर्श नगरि चुनाव चिह्नकाे रङ बदल्ने कुरा सहज, समान्य हुँदै होइन । एउटा दल विशेषलाई, सत्ताधारी दललाई फाइदा पुग्ने गरी रङ निर्धारण गर्‍याे, परिवर्तन गर्‍याे, पहिले प्रचलनमा आएको रङ परिवर्तन गर्नका लागि सहमति गर्न अनिवार्य हुन्छ चुनावमा । निर्वाचन आयोग अटेरी गरेर बेठिक क्रियाकलापमा सुरुसुरु अगाडि बढिरहेको छ । यो अत्यन्तै चिन्ताजनक विषय हो । निर्वाचन आयोगकै गतिविधि र भूमिका यस ढङ्गले अगाडि बढ्न थालेपछि भोलि चुनावकाे बेला के होला ? भन्ने कुरामा गम्भीर आशङ्का छ ।’

अध्यक्ष ओलीले अटेर नगरी दलहरूको परामर्शको आधारमा मात्रै स्थानीय तह चुनावसम्बन्धी निर्णयहरू गरेर अघि बढ्न पनि आयोगको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया