दुम्कीवासमा बस र विद्युतीय माइक्रोबस ठोकिँदा भारतीय नागरिकका...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका धेरैजसाे केन्द्रीय सदस्य आउँदाे स्थानीय तह चुनावमा अहिले सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गर्नुभएको छ ।
गएकाे शुक्रवारदेखि चलिरहेकाे केन्द्रीय समिति बैठकमा बोल्ने धेरैजसाेले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गर्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसले स्थानीय तहको चुनावका सन्दर्भमा अहिले सञ्चालन गरिरहेको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आउँदाे चुनावमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गर्नुभएको थियो ।
प्रवक्ता डा. महतले भाेलि मङ्गलवार दिउँसो फेरि बस्ने केन्द्रीय कार्य समिति बैठकले सदस्यका धारणाका आधारमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।