दुम्कीवासमा बस र विद्युतीय माइक्रोबस ठोकिँदा भारतीय नागरिकका...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति दिने क्रम सुरु भएको छ । आज साेमवारसम्म १६ वटा हिमाल आरोहणका लागि एक सय २८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमध्ये ९६ जना पुरुष र ३२ जना महिला रहेका छन् । आरोहीहरुबाट सरकारले दुई करोड ६५ लाख ३१ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।
आराेहण अनुमति लिएकामध्ये सबैभन्दा धेरै अन्नपूर्ण हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि आजसम्ममा ६ जना पुरुष र तीन जना महिला गरी नौ जनाले अनुमति लिएका छन् ।
कोरोना महामारीका कारण सन् २०२० मा नेपालको आरोहण स्थगित गरिएको थियो । अघिल्लो वर्ष भने कोरोना जोखिमकैबीच नेपालको पर्वतारोहण क्षेत्र उत्साहजनक भयो । यस वर्ष कोरोनाको जोखिम कम भएकोले पर्वतारोहण तथा पर्वतीय पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको भए पनि रुस–युक्रेन युद्धका कारण पर्वतीय पर्यटकको सङ्ख्या घट्ने सम्भावना बढेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
यसैबीच वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्न पर्यटन विभागले समिति गठन गरेकाे छ । पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको विभागले जनाएको छ । समितिको सदस्यमा सेनानी किशोर अधिकारी, प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र सगरमाथा आरोही सङ्घबाट निशा अधिकारी सदस्य तोकिएका छन् । हिमालयन उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट एक–एक जना प्रतिनिधिलाई समेत सदस्य तोकिएको छ । नापी अधिकृत खिमलाल गौतमलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
समितिले सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ । वसन्त ऋतुका सगरमाथा क्षेत्रमा आरोही तथा पदयात्रीहरूको भिड लाग्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।