जारकाे पानी पिउँदा ३ विद्यार्थी बिरामी, विषादी मिसिएको आशङ्का

 चैत १४, २०७८ सोमबार १९:५४:१२ | दमन राई
unn.prixa.net

खोटाङ – विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दविन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला विक बिरामी परेका हुन् ।

विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र विकको उदयपुरको घुर्मीमा रहेको एक अस्पतालमा र कुवँरको ओखलढुङ्गाको एक अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको दाम्ली माविका प्रधानाध्यापक गमराज राईले बताउनुभयो । 

विद्यालयका परिचरले आज सोमवार बिहान सधैँझैँ धाराबाट एक जार पानी ल्याएर राखेका थिए । विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोस्रो जार पानी ल्याइएको थियो । त्यो पानी केही छात्रले पिएका थिए । त्यसपछि पानी पिउन गएका तीन छात्र÷छात्रा बिरामी परेका हुन् ।

पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको छ । पानीमा विषादी मिसिएको आशङ्कामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया