स्थायी शिक्षकको परीक्षा आजदेखि

 चैत १५, २०७८ मंगलबार ७:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो ।

आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् ।

आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ ।

आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ ।

झन्डै पाँच वर्षपछि हुन लागेको परीक्षामा सय पूर्णाङ्कको परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । यो परीक्षामा ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थी उत्तीर्ण हुनेछन् । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया