१५ औँ दरबारमार्ग महाेत्सव आयाेजना हुँदै

 चैत १८, २०७८ शुक्रबार २०:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाण्डौमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित काठमाण्डौको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्यअन्तर्गत यो महोत्सव संयुक्तरूपमा वैशाख ३ गते शनिवार आयोजना गर्न लागेको हो । महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ । 

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने प्रस्तुति रहनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नाराणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताउनुभएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपालको आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरुत्थानमा सहयोग पुर्याउन सहकार्य गर्न पाएकोमा खुसी लागेकाे प्रतिक्रिया दिनुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया