अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरियो : अध्यक्ष ओली

 चैत २६, २०७८ शनिबार १२:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउने प्रयास गर्दागर्दै गभर्नरलाई निलम्बन गरिएको बताउनुभएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनमा विरोध गर्दै उहाँले अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दा खोज्दै निलम्बनमा परेको टिप्पणी समेत गर्नुभयो ।

आज काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्मातर्फ लक्षित गरी ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ भएको बताउनुभयो ।

कार्यक्रममा ओलीले भन्नुभयो,‘सरकारले गभर्नरलाई कारबाही गर्यो रे । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए ।’ साथै उहाँले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको भन्दै आपत्ति समेत जनाउनुभएको छ ।

अस्ति बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा पर्नुुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया