यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा, २२ जना आरोही शिखरमा पुगे

 चैत २८, २०७८ सोमबार १५:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा भएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेर सन् २०२२ को आरोहण सुरु भएको पर्यटन विभाग अन्तर्गत पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  

अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यो वसन्त ऋतुको मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा समूहबाट पाँच सय पाँच जनाले अनुमति लिएका छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय चार जनाले अनुमति लिएका छन् । विभागले आरोहण रोयल्टी शुल्कबापत २९ करोड ७४ लाख ३४ हजार आठ सय एक रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

अनमुति लिएकामध्ये धेरैजसो आरोहीहरू हिमालका आधार शिविरतर्फ गइसकेका छन् । पर्वतीय पर्यटकहरूको आगमनसँगै कोरोना महामारीले शिथिल बनेको नेपालकाे पर्यटन व्यवसाय लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन् । 

तस्बिर : सेभेन समिट ट्रिक्स प्राली

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया