तस्बिरमा नेपालको गुलाबी सहर : स्याङ्जाको वालिङ

 चैत २८, २०७८ सोमबार १६:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका प्रवेश गर्दा प्रत्येक घरहरू गुलाबी रङ्गका देखिन्छन् । पुराना घरहरूमा अन्य रङ्गहरू पोतिएको भए पनि नयाँ बनेको सबै घरहरूमा गुलाबी रङ्ग नै लगाइएकाले पनि यो वालिङ नगरपालिका भित्र पर्ने घर रहेछ भनेर छुटाउन सकिन्छ । नगरपालिकाले नै वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रङ छानेको हो । गुलाबी रङ्गको प्रयोग नगरेका घरलाई नगरपालिकाले घर निर्माण सम्पन्नताको प्रमाण पत्र दिँदैन । गुलाबी रङ्ग नलगाएका घर किनबेच पनि गर्न नपाउने नियम छ । गुलाबी रङलाई सौहार्दता, माया, सुन्दरता र शक्तिको प्रतीकका रूपमा नगरपालिकाले लिएको छ ।

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया