एनआरएनएका प्रत्येक सदस्यले कम्तीमा एक हजार डलर नेपाल पठाउने तयारी

 चैत २९, २०७८ मंगलबार १३:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् ।

भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको उपस्थितिमा जुममा एक अन्तर्क्रिया कार्यक्रम गरी विदेशमा रहेका सबै गैर आवासीय नेपालीलाई नेपालका कुनै पनि बैङ्कमा  डलर खाता खोल्न अनुरोध गरी कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी रहेको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । 

देशमा विदेशी मुद्राको कमीलाई समाधान गर्न हिजो सोमबार गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आकस्मिक बैठकमार्फत यस्तो निर्णय गरेको हो ।

विदेशबाट अनलाइनमार्फत डलर एकाउन्ट खोल्दा आइपर्ने प्राविधिक समस्या, डलर सिधा पठाउँदा, नेपालमा डलर एकाउन्ट खोलेर बचत गर्दा र आवश्यक परेको बेलामा रकम फिर्ता लग्दा देखिने समस्या समाधान कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्ने र निष्कर्ष सरकार समक्ष राख्ने एनआरएनएको तयारी छ । 

कोषाध्यक्षहरूको नेतृत्वमा सबै सह कोषाध्यक्ष रहने गरी डलर एकाउन्ट खोल्नको लागि चाहिने कागजी प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी सबै गैर आवासीय नेपालीलाई जानकारी गराउने र एकाउन्ट खोल्न सहजीकरण गर्ने एनआरएनएले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया