एमाले र परिवार दलबीच सहमति, चुनावमा एक–अर्कालाई सघाउने

 चैत ३०, २०७८ बुधबार १८:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले र नेपाल परिवार दलबीच पालिका चुनावमा एकअर्कालाई सघाउने विषयमा सहमति भएको छ ।

एमाले र परिवार दलबीच आज बुधवार सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच पालिका चुनावमा एक–अर्कालाई सघाउने सहमतिपत्र आज सार्वजनिक भएको हो ।

दुई दलले देशभर सम्भव भएका ठाउँमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका ठाउँमा सूर्य चिह्नमा चुनावमा जाने सम्झाैतामा हस्ताक्षर गरेका हुन् । निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ । आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ ।

आजै एमाले र कमल थापा नेतृत्वकाे राप्रपा नेपालबीच पनि पालिका चुनावमा तालमेल गर्ने सम्झाैतापत्रमा हस्ताक्षर भएकाे थियाे । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया