खोटाङको हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी

 बैशाख १, २०७९ बिहिबार १०:५४:४३ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी महादेव मन्दिरबाट गएको १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।

विद्युत्, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थायी कर्मचारीलाई तलब भत्ता, दूध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च भएकाे थियाे । बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुछ्रे  बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया