रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न आग्रह

 वैशाख १, २०७९ बिहीबार २०:३२:१४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ । 

महासचिव गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले अहिले यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा पनि असर परिरहेको बताउनुभएको छ ।

दुई देशको युद्धका कारण संसारका विभिन्न देश र विशेषगरी विकासशील देशहरूमा यस्तो असर परिरहेको छ । कतिपय ठाउँमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय ठाउँमा यस युद्धको असर भनेर समस्या सिर्जना गरिएको पनि उहाँले बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया