नाम मात्रकाे साइकल लेन ! (फोटोफिचर)

 बैशाख ३, २०७९ शनिबार १३:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ ।

तस्बिर : न्युज एजेन्सी नेपाल 

ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल,झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ । निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ । साइकलको सवारी तर्फ उच्च वर्गको रुचि बदलिँदै गए पनि यस प्रकारको अवरोधले पुनः धुवाँ फाल्ने सवारी साधनमा फर्काउन बाध्य बनाउँदै जाने छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया