श्रीलङ्कामा औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित

 बैशाख ५, २०७९ सोमबार ९:३:४२ | एजेन्सी
unn.prixa.net

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् ।

दिनदिनै भएका सामग्रीहरु सकिँदै गएको तर आयात नभएकाले कसरी अगाडि बढ्ने भन्ने सङ्कटमा परेको डाक्टरले बताएका बीबीसीले जनाएको छ । अस्पतालहरुमा स्टक औषधि र मेडिकल उपकरण सकिँदै गएकाले उनीहरुले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

श्रीलङ्काले ८५ प्रतिशत स्वास्थ्य क्षेत्रका सामग्री आयात गर्दै आएको थियो तर आर्थिक सङ्कट चुलिएसँगै अहिले आपूर्तिमा कठिनाइ भएको छ ।

औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियासमेत रोकिन थालेको छ । यसैबीच, श्रीलङ्का सरकारले ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ ।

छलफल सफल भयो भने श्रीलङ्कामा आईएमएफबाट झन्डै चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया