युक्रेनको ल्भिभ सहरमा ५ ‘शक्तिशाली’ मिसाइल आक्रमण

 वैशाख ५, २०७९ सोमबार १८:११:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको पश्चिमी सहर ल्भिभमा आज साेमवार बिहान पाँच वटा शक्तिशाली मिसाइल आक्रमण हुँदा सात जनाकाे ज्यान गएकाे र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ ।

ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँच वटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन । घाइतेको सङ्ख्या आठ पुगेको छ भने ज्यान गुमाउनेकाे सङ्ख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ ।

रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ सहरमा आएका थिए । खार्किभ, किभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए ।

मार्च १३ मा पश्चिमी युक्रेनी सहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस सहरमा एक्कासी आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो । 

गएकाे फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतका लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो । त्यस आक्रमणपछि रुसले अहिले अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया