रुसले युक्रेनकाे पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनायाे

मरिओपोलमा लुुकेर बसेका युक्रेनी सेनालाई आत्मसमर्पणकाे ‘अन्तिम मौका’

 वैशाख ६, २०७९ मंगलबार १८:०:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । २४ घण्टामा रुसले डोनबास क्षेत्रमा मात्रै एक हजार पटकभन्दा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको छ । 

रुसी आक्रमणमा परेर कैयाैँ सर्वसाधारणले ज्यान गुमाएका, सहरका ठूला भवन ध्वस्त भएका र युक्रेनी सेनालाई युद्धको सामना गर्न हम्मे–हम्मे परिरहेको खबरमा उल्लेख छ । 

यस्तै पूर्वी सहर क्रेमिनामा पनि ठूला लडाइँहरू चलिरहेका छन् । रुसी सेनाले लुहान्सक क्षेत्रमा पर्ने क्रेमिनाको केही क्षेत्र कब्जा गरेको युक्रेनी सेनाले स्वीकार गरेको छ । सरकारले नागरिकलाई आश्रयस्थलमै बस्न भनेको छ । 

यसैबीच रुसी रक्षा मन्त्रालयले मरिओपोलको स्टिल कारखानामा लुकेर बसेका युक्रेनी सेनालाई आत्मसमर्पणको अन्तिम मौका दिएको छ । मारिओपोललाई रुसको पूर्ण कब्जामा जानबाट रोक्न भन्दै एक हजार जनाभन्दा धेरै युक्रेनी सेना विशाल स्टिल कारखानामा लुकेर बसेका छन् ।

रुसले हिजो पनि युक्रेनी सेनालाई आत्मसमर्पण गर्न भनेको थियो । आज भने रुसको रक्षा मन्त्रालयले युक्रेनी सरकारलाई चेतावनी दिँदै हतियार बिसाए सेना जीवितै रहने जिम्मा आफूहरूले लिने तर हतियार नबिसाएमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया