श्रीलंकामा मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो, २४ जना घाइते

 वैशाख ७, २०७९ बुधबार ७:५१:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा प्रहरी पनि रहेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले रामबुकाना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका छन् । अर्को सूचना नभएसम्मका लागि रामबुकाना वरपर कर्फ्यू आदेश जारी भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा केही दिनदेखि सरकार विरोधी प्रदर्शन भैरहेको छ । 

यस्तै, आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि अपिल गरेको छ । आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अली सवारीको टोली छलफलका लागि अमेरिका पुगेको छ । वित्तमन्त्री अली सवारीले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको समेत बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया