रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने

 वैशाख ७, २०७९ बुधबार १५:६:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने भएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणलाई कारण देखाएर बेलायतको सर्वोच्च टेनिस संस्था अल इङ्ल्यान्ड क्लबले रुसी र बेलारुसी खेलाडीलाई आउँदो जुनमा हुने तेस्रो ग्रान्डस्लाम विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

एटीपी, डब्ल्यूटीए टुर्स र अन्तर्राष्ट्रिय टेनिस महासङ्घले रुसी खेलाडीलाई प्रतिबन्ध नलगाए पनि इङ्ल्यान्डले भने प्रतिबन्ध लगाएको हो । इङ्ल्यान्डकाे यो निर्णयले विश्व वरीयताको दोस्रो स्थानमा रहेका ड्यानियले मेदभेदेव र आठौँ वरीयतामा रहेका आन्द्रे रबलेभको शीर्ष स्थानमा पुग्ने सपनामा झट्का लागेको रोयटर्सले जनाएको छ । 

यसअघि गएको मार्चमा बेलायती खेलकुदमन्त्री निगेल हडलस्टनले रुसको झन्डा फहराउने कुनै पनि व्यक्तिलाई आफ्नो देशमा प्रवेशको अनुमति दिन नहुने बताउनुभएको थियो । रुसले युक्रेनमा आक्रमण गरेको कारणलाई देखाएर रुसलाई फिफाले विश्व कप फुटबलको छनोट खेल्नबाट रोक लगाएको छ भने यूईएफएले च्याम्पियन्स लिगमा पनि प्रतिबन्ध लगाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया