युक्रेनको मरिपोल सहरमा रहेको युक्रेनी सेनाका कमान्डरद्वारा सहयाेग माग

 वैशाख ७, २०७९ बुधबार १५:१६:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको मरिपोल सहरमा रहेको एक मात्र सैन्य क्याम्पका कमान्डरले आफूहरूलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ । मेजर सेर्ही भोलिनाले एउटा भिडियो सन्देश पठाउँदै आफूहरूको क्याम्पमा रहेका झन्डै पाँच सय घाइते सेना र आश्रय लिइरहेका झन्डै एक लाख गैरसैनिकलाई मरिपोल सहरबाट बाहिर निकाल्न सहयोगका लागि आह्वान गर्नुभएको बीबीसीले जनाएको छ । 

रुसको रक्षा मन्त्रालयले मरिपोलमा रहेका सैनिकहरूलाई जीएमटी ११ अर्थात् नेपाली समयअनुसार आज बेलुकी पौने पाँच बजेसम्मको समय दिएको छ । सैन्य कमान्डरले रुसले दिने यो सम्भवतः अन्तिम समय हुन सक्ने भन्दै त्यहाँ रहेका घाइते सेना र गैरसैनिकलाई बाहिर निकाल्न सहयोगका लागि आग्रह गर्नुभएको हो । उहाँले आफूहरूले अन्तिम समयसम्म पनि आत्मसमर्पण भने नगर्ने बताउनुभएको छ । 

मारिपोलमा ठूलो सङ्ख्यामा रुसी सैनिक रहे पनि अझैसम्म सहर कब्जा गर्न भने नसकेको मारिपोल नगर परिषद्लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिपोलको अवस्था निकै कठिन रहेको भन्दै दशौँ हजार मानिसको भविष्य अन्याेलमा परेको बताउनुभएको छ । रुसको आक्रमणका कारण मरिमोल सहरका सबैजसो संरचना ध्वस्त भएका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया