अब सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाएर उपचार सुविधा पाइने

 वैशाख ८, २०७९ बिहीबार १३:०:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्य उपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट उपचार सेवा लिन सक्ने भएका छन् ।

यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बिल पेस गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका एक दर्जन बढी अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले परिचयपत्र देखाएर औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा लिनसक्ने व्यवस्था मिलाएको छ ।

योगदानकर्ताले बिर्तामोडकाे मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, विराटनगरकाे विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, सर्लाहीकाे नमुना सामुदायिक अस्पताल र वीरगञ्जकाे नेशनल मेडिकल कलेजबाट परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्नेछन् । यस्तै चितवनकाे पुरानो मेडिकल कजेज, भैरहवाकाे युनिभर्सल मेडिकल कलेज, बनेपाकाे शिर मेमोरियल अस्पताल तथा काठमाण्डाैका हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल र काठमाण्डाै मेडिकल कलेजबाट याे सुविधा लिन सकिन्छ । 

कोषमा अहिले सातै प्रदेशका एक सय १८ अस्पताल सूचीकृत भएका छन् । सूचीकृत सबै अस्पतालसँग सम्झौता गरेर परिचयपत्र देखाएर योगदानकर्ताले उपचार सुविधा लिन सक्ने व्यवस्था मिलाउन लागिएको कोषका उपनिर्देशक रोहित रेग्मीले बताउनुभयो ।

योगदानकर्ताले परिचयपत्र देखाएर उपचार सुविधा लिँदा सुविधाको कुल खर्चको २० प्रतिशत बेहाेर्नुपर्छ । ८० प्रतिशत रकम भने अस्पतालले कोषबाट दाबी गर्नेछन् । अस्पतालले सुविधा थैलीमा तोकिएको रकम मात्र कोषबाट लिन पाउनेछन् । 

परिचयपत्र देखाएर उपचार सुविधा लिन सक्ने व्यवस्था भएसँगै योगदानकर्ताले उपचार खर्चको बिल कोषमा पठाएर भुक्तानी लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । योगदानकर्ताले आफूले पहिले पैसा तिरेर उपचार गर्नुपर्ने र उपचारपछि कोषमा भुक्तानी लिनुपर्ने झन्झट अन्त्य भएको सहप्रवक्ता रेग्मीले बताउनुभयो । 

योगदानकर्ताले कोषमा सूचीकृत अस्पतालबाट मात्र त्यस्तो सुविधा पाउनेछन् । उपचार सुविधाका लागि पछिल्लो तीन महिना नियमित योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्छ ।योगदानकर्ताले कोषमा सूचीकृत जुनसुकै अस्पतालबाट उपचार सुविधा लिन सक्नेछन् । योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख रुपैयाँमा नबढ्ने गरी बहिरङ्ग र अन्तरङ्गअन्तर्गतका उपचार खर्च सुविधा प्राप्त गर्नेछन् । यसमा २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Navaraj Shah

    April 22, 2022, 1:42 p.m.

    ok

  •  0 Reply
  • Prabin chaudhari

    April 21, 2022, 4:07 p.m.

    अस्पतालमा औषधिउपचार गर्दा ८० प्रतिशत छुट चाहन्छु /

  •  0 Reply

तपाईको प्रतिक्रिया