अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझ...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर निलम्बन प्रक्रियामा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको दाबी गर्नुभएको छ ।
आज कैलालीको धनगढीमा भएको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्माबीचमा सल्लाह भएको बताउनुभएको हो ।
‘सुरुबाटै गभर्नर अधिकारी र सरकारका बीचमा समस्या देखिएको हो’ प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको प्रष्ट भइसकेको छ । थप १३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ ।’
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्च अदालतको आदेशपछि हिजोदेखि काममा फर्कनु भएको छ । गभर्नर अधिकारी काममा फर्किएपछि अर्थमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको बचाउ गर्दै प्रधानमन्त्रीको सल्लाहमा निर्णय भएको बताउनुभएको हो ।
यस्तै, चुनावी प्रसङ्गमा अध्यक्ष प्रचण्डले बाहिर हल्ला गरिएजस्तो चुनाव नसर्ने बताउनुभयो । लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउनु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।