नेपालबाट साउदी अरबमा नियमित उडान सुरु : नेपाली श्रमिकलाई सहज

 वैशाख १०, २०७९ शनिबार १३:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल वायुसेवा निगमले काठमाण्डौबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाण्डौबाट उडेको थियो ।

नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ । निकै लामो समयदेखि रियाद उडानको प्रयास गरे पनि निगमले बल्ल उडान थालेको हो । निगमको उडानसँगै साउदी अरब आउजाउ गर्ने नेपाली श्रमिकलाई सहज हुने भएको छ ।

निगमले भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरबको रियादसहित अब आठ वटा देशकाका १० वटा गन्तव्यहरुमा उडान सञ्चालन गर्ने भएकोे छ । अन्तर्राष्ट्रिय उडानहरुमा अहिले निगमका ८० प्रतिशत भन्दा धेरै सिट बुकिङ हुने गरेका छन् ।

 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया