यो वर्षको वसन्त याममा नेपालका हिमाल आरोहण गर्न अहिलेसम्म ७३ देशका ८ सय ४४ जनाले लिए अनुमति

 वैशाख १०, २०७९ शनिबार १४:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर


काठमाण्डौ – यो वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अहिलेसम्म अनुमति लिनेको सङ्ख्या आठ सय ४४ जना पुगेको छ । २३ वटा हिमाल आरोहणका लागि ७३ देशका आठ सय ४४ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । 

अनुमति लिनेमध्ये ६ सय ५८ जना पुरुष र एक सय ८६ जना महिला रहेका छन् । वसन्त ऋतुमा हिमाल आरोहण गर्न लागेका आरोहीहरुमध्ये ६२ जना नेपाली र सात सय ८२ जना विदेशी रहेका छन् । विदेशी आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाका एक सय ३२ जना छन् । हिमाल आरोहीहरुबाट सरकारले ४४ करोड ६४ लाख भन्दा धेरै राजश्व सङ्कलन गरेको छ । धौलागिरी, आमाडब्लम लगायतका हिमालको यो यामको आरोहण शुरु भइसकेको छ भने सगरमाथामा बाटो खुलाउने काम भइरहेको छ ।

यसैबीच पर्यटन विभागले आरोहण समूहमा खटिएका सम्पर्क अधिकृतहरुलाई सम्बन्धित हिमालको आधारशिविरमा जान निर्देशन दिएको छ । यस अघि कतिपय सम्पर्क अधिकृत काठमाण्डौमा बसेर आरोहीहरुको प्रतिवेदन बनाउने गरेको पाइएपछि विभागले आरोहण अवधिभर आधारशिवरमा बस्न भन्दै सम्बन्धित आरोहणदलसँग आधारशिविरमा खिचेको फोटो तथा भिडियो पेश गर्नुपर्ने बताएको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया