पश्चिमा देश र रुसबीच तनाव बढ्दो : जर्मनीले युक्रेनलाई ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने

 वैशाख १४, २०७९ बुधबार ९:३०:३७ | एजेन्सी
unn.prixa.net

युक्रेनको विषयलाई लिएर पश्चिमा देश र रुसबीच थप तनाव बढेको छ । रुसले युक्रनमाथिको आक्रमण नरोकेपछि जर्मनीले युक्रेनलाई झण्डै ५० वटा एन्टी–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने भएको छ ।

युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेदारबीच जर्मनीमा बैठक बसिरहेका बेलामा यो निर्णय आएको हो ।  यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले रुसको आक्रमण विरुद्धको लडाइमा युक्रेनलाई  सहायता दिनेमा आफूहरु प्रतिबद्ध रहेको  र विश्वका धेरै देश एकजुट रहेको बताएको छ । यसैबीच, रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बल्गेरियालाई आजदेखि ग्यास पठाउन बन्द गर्ने जनाएको छ ।

रुसले मित्रवत् व्यवहार नगर्ने देशलाई रुबलमा ग्यासको भुक्तानी गर्न भनेको छ । तर, दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् । उनीहरुले रुबलमा भुक्तानी गर्न अस्विकार गरेसँगै रुसी ऊर्जा कम्पनीले ग्यास पठाउन बन्द गर्ने भएको हो । बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि रुसी ऊर्जा कम्पनी ग्याजप्रोममा निर्भर छ । यस्तै, ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया