इथियोपियामा भएको जातीय दङ्गामा परि २० जनाको ज्यान गयो

 वैशाख १५, २०७९ बिहीबार १८:३०:४३ | एजेन्सी
unn.prixa.net

इथियोपियामा भएको जातीय दङ्गामा परि २० जनाको ज्यान गएको छ ।

इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दङ्गामा परेर २० जनाको ज्यान गएको अमहरा प्रान्तको इस्लामिक एफियर्स काउन्सिलले जानकारी दिएको छ ।

एउटा चिहानकाे विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक जातीय दङ्गामा परेर २० जना व्यक्तिको ज्यान गएको हो। विवादपछि एक जातिका मानिसले अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका खबरमा उल्लेख छ ।

विवादित क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसहरुलाई उद्धारका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया