जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनी रुसी मुद्रा रुबल तिरेर ग्यास खरिद गर्न तयार

 वैशाख १६, २०७९ शुक्रबार १२:२२:४५ | एजेन्सी
unn.prixa.net

जर्मनीको सबैभन्दा ठूलो ऊर्जा कम्पनीको एक युनिपर कम्पनीले ग्यास खरिदको लागि रुसलाई उसकै मुद्रा रुबलमा भुक्तानी गर्ने तयारी गरेको छ ।

युक्रेन आक्रमणको विषयलाई लिएर युरोप र अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पेट्रोलियम पदार्थको भुक्तानी रुबलमै गर्नुपर्ने नयाँ नियम जारी गरेको थियो ।

सुरुमा युरोपेली देशले रुबलमा भुक्तानी गर्न आनाकानी गरे पनि इन्धनको अभाव हुन थालेपछि रुसकै मुद्रा रुबलमा भुक्तानीको तयारी गरेका हुन् ।

जर्मनीको युनिपरले रुसलाई रुबलमा भुक्तानी गर्नुको अर्को विकल्प नभएको जनाएको बीबीसीले जनाएको छ । युनिपरले रुसी ग्यास विना देशको माग धान्न नसकिने भएकाले उसको सर्तअनुसार नै भुक्तानी गर्नुपरेको जनाएको खबरमा उल्लेख छ ।

रुबलमा भुक्तानीको विषयलाई लिएर रुसले पोल्यान्ड र बुल्गेरियामा इन्धन निर्यात बन्द गरिदिएको छ । अब रुसको इन्धन आयातकर्ताहरुले रुसको गाजपर्म बैंकमा खाता खोलेर युरो वा डलर जम्मा गर्नुपर्नेछ,त्यसपछि दोस्रो खाता खोलेर रुबलमा परिवर्तन गर्नुपर्नेछ ।

अन्य युरोपेली देश पनि रुसलाई रुबलमा भुक्तानी नगर्ने निर्णयबाट बिस्तारै पछि हट्न थालेका खबरमा उल्लेख छ । युरोपको इन्धनको मागमध्ये ४० प्रतिशत माग रुसले पूरा गर्दै आएको छ। 

तस्बिर : गेटी इमेजेज

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया