कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
गाेदावारी गार्डेन
काठमाण्डाै - धुलाे, धुवाँ, भिडभाड र काेलाहालपूर्ण काठमाण्डाैमा घुम्न लायक सुन्दर र शान्त खुला ठाउँ हाेला र भन्ने लाग्छ । तर, काठमाण्डाै उपत्यकाभित्र पनि थुप्रै पार्क, बगैँचाका साथै खुला ठाउँ रहेका छन् ।
पछिल्लाे समय सरकारी तथा निजी क्षेत्रले खुला ठाउँ, पार्क निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्न थालेका छन् । विशेषत, २०७२ सालको विनाशकारी भूकम्पले काठमाण्डाैमा खुला तथा सुरक्षित ठाउँकाे महत्त्व छ है भन्ने पाठ सिकाएकाे छ ।
साथै, पार्क, बगैँचामा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको छ । दैनिक जीवनकाे भागदाैडबाट वाक्क भएका उपत्यकावासी केही समय छाेट्याएर टहलाउन यस्ताे ठाउँमा पुग्ने गरेका छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास हुँदै गएको छ भने छोटो फुर्सद मिलाएर पार्क तथा खुला ठाउँमा पुग्नेकाे सङ्ख्या पनि बढ्न थालेकाे छ ।
यस्ता छन् काठमाण्डाै उपत्यका भित्रका खुला ठाउँ:
ड्रिम अफ गार्डेन
रत्नपार्क
पुल्चाेक
नक्साल पार्क
मञ्जुश्री गार्डेन
गगनबाटिका
फनपार्क
ड्रिम अफ गार्डेन
भृकुटीमण्डप पार्क
बालाजु पार्क
तस्बिर : न्यूज एनेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bista Babukrishna
April 30, 2022, 1:11 p.m.कुन एरिमा छन् यस्ता सुन्दर ठाउँ हरु ....