युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनाको उद्धार

 वैशाख १८, २०७९ आइतबार २०:२१:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : म्याक्सआर टेक्नाेलाेजी

युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनालाई बाहिर निकालिएको छ । रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको जानकारी दिएको एएफपीले जनाएको छ ।

मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर उनीहरूलाई भवनबाट सकुशल बाहिर निकालेको रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ‘यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ’, मन्त्रालयले भनेको छ ।    

एक पटक २५ जना र एक पटक २१ जनाको उद्धार गरेर उनीहरूलाई मरिपोलबाट रुसतर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ ।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरू थुनिएका थिए । थुनामा रहेका अरू झन्डै एक हजार गैरसैनिकलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया