भारतमा अत्यधिक गर्मी, 'लु' बाट जोगिन आग्रह

 वैशाख १९, २०७९ सोमबार ८:४५:४८ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तातो हावा र गर्मीका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको मौसम विभागले आउँदाे चार/पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ । तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको छ । 'लु' र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न केन्द्र सरकारले आग्रह गरेको छ ।

देशको पश्चिमी, मध्य र  उत्तरी क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरिएको भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले 'लू' बाट जोगिने सबै उपाय अपनाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सँगै स्वास्थ्य मन्त्रालयले आउँदो १५ तारिखसम्म 'लु' बाट जोगिन आवश्यक उपाय अपनाउन भनेको छ ।

यस्तै, सबै राज्यका स्वास्थ्य केन्द्रमा 'लु' सँग सम्बन्धित बिरामीको उपचारका लागि आवश्यक पर्ने औषधिको व्यवस्था गर्न र बिरामीको समयमा नै उपचार गर्न पनि निर्देशन दिइएको छ । यस्तै, स्वास्थ्य केन्द्रमा खानेपानी र बिजुलीको आपूर्तिलाई पनि सुनिश्चित गर्न भनिएको छ ।  
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया