रसुवामा ७ वर्षदेखि सेवा प्रदायकले पोल भाडा तिरेनन्

 वैशाख १९, २०७९ सोमबार १८:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले सात वर्षदेखि पोल भाडा नतिरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सञ्चालन गर्ने सेवा प्रदायकले २०७२ सालदेखि शुल्क तिरेका छैनन् । 

नेपाल टेलिकमबाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेका धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । यही वैशाखसम्म पनि सम्झौता गर्न नआए केबल लाइनसमेत काटिने उहाँको भनाइ छ । ‘सेवा प्रदायकलाई शुल्क तिर्नका लागि पटक–पटक सूचना जारी गरिएको छ’, उहाँले भन्नुभयो, ‘तर अहलिेसम्म शुल्क बुझाउन आएका छैनन् ।’ 

शुल्क नबुझाउने सबै सेवा प्रदायकको लाइन काट्नका लागि केन्द्रले परिपत्र गरिरहेको र यसको प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । केन्द्रका अनुसार एनसेल, सुबिसु, मर्कन्टाइल, वर्ल्डलिंक, एनआईटीभी स्ट्रेम्स, लाङटाङ केबल नेटवर्क, एभरेष्ट लिंक र बेत्रावती केवलले पोल भाडा नबुझाएका हुन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया