भारतका प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता

 वैशाख २०, २०७९ मंगलबार ६:४२:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो साेमवार जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेट्नुभएको हो ।

भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया