मेयर र अध्यक्षमा ६ हजार ३ सय ३० जनाको उम्मेदवारी, महिला उपेक्षामा

 वैशाख २३, २०७९ शुक्रबार ८:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरका सात सय ५३ पालिकामा हुने चुनावका लागि मेयर र अध्यक्षमा  ६ हजार ३ सय ३० जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये मेयर र अध्यक्षमा तीन सय ८४ जना महिलाको उम्मेदवारी परेको छ ।

दुई सय ९३ नगरपालिकामा मेयरका लागि दुई सय २९ जना र चार सय ६० गाउँपालिकामा अध्यक्षका लागि एक सय ५५ जना महिला उम्मेदवार रहेका निर्वाचन आयोगको तथ्याङ्क छ । मेयरमा पुरुषको सङ्ख्या तीन हजार ९ रहेको छ भने अध्यक्षमा दुई हजार ९ सय ३७ रहेको छ ।

उम्मेदवार छनोट गर्दा दलहरुको प्राथमिकतामा पुरुष परेका छन् । महिलालाई उपेक्षा गरिएको तथ्याङ्कले देखाएको छ । नगरमा मेयर उम्मेदवारी दिने महिला जम्मा ७ प्रतिशत र गाउँपालिका अध्यक्षमा ५ प्रतिशत रहेको छ । उपमेयरमा महिलाको सङ्ख्या उल्लेख्य छ ।

उपमेयर र उपाध्यक्ष गरी चार हजार एक सय २७ उम्मेदवार रहेकोमा महिला तीन हजार ७७ जना रहेका छन् । देशभरका ६ हजार ७ सय ४३ वडाका अध्यक्षका लागि ३२ हजार ४ सय ९७ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये महिला ९ सय ४७ अर्थात तीन प्रतिशत मात्रै रहेका छन् । हरेक वडामा दुई जना खुला सदस्य रहन्छन् । त्यसमा ५३ हजार १ सय ७३ जना उम्मेदवार छन् । महिला दुई हजार ४ सय ७ र पुरुष ५० हजार ७ सय ६६ जना रहेका छन् ।

हरेक वडामा एक महिला र एक दलित महिला सदस्य अनिवार्य गरिएको छ । महिला सदस्य २५ हजार ५ सय ९६ जना र दलित महिला सदस्य २३ हजार २ सय ८४ जना रहेका निर्वाचन आयोगको तथ्याङ्क छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया