रुसकाे सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ : पुटिन

 वैशाख २६, २०७९ सोमबार १४:४१:४० | एजेन्सी
unn.prixa.net

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशकाे सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ । रुसी सेनालाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो ।

रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपिल गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको पनि पुटिनले बताउनुभयो । युरोपले डोनबास क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको र त्यो रुसका लागि खतरा रहेकोले अहिलेको शैन्य कारवाही डोनबास क्षेत्रमा केन्द्रित गरेको पनि उहाँले बताउनुभयो ।

पुटिनले आफ्नो भाषणमा कुनै ठूलो घोषणा भने नगर्नुभएकाे बीबीसीले जनाएको छ । पुटिनले पश्चिमाहरूले आफूहरूको कुरै सुन्न नचाहेकोले अहिलेको अवस्था आएको दोहोर्‍याउनुभएको छ । 

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रुसले गरेको विजयको सम्झनामा हरेक वर्ष मे ९ मा रुसमा विजय दिवस परेड मनाइन्छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया