तुलसीपुर उपमहानगरपालिका–१७ : बुबाकाे ज्यान गएपछि छाेराकाे उम्मेदवारी दर्ता

 बैशाख २८, २०७९ बुधबार १६:११:१३ | हेमराज शर्मा
unn.prixa.net

तस्बिर : रासस

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षका उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले आज बुधवार दिउँसो मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको हिजाे मङ्गलवार उपचारका क्रममा ज्यान गएपछि उहाँका छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको हो । भोलि बिहीवार बेलुका ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ । ज्यान गुमाएका उम्मेदवारबाहेक अरू उम्मेदवारको यसअघिकै उम्मेदवारी यथावत् रहेको छ । 

वडा नम्बर १७ को हकमा वैशाख ३१ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने छ । जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नम्बर १७ को चुनाव भएपछि मात्रै तुलसीपुरमा मतगणना हुनेछ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया