विद्यालयलाई हप्तामा २ दिन बिदा नदिन भक्तपुर नगरपालिकाकाे निर्देशन

 जेठ १, २०७९ आइतबार १५:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले आज सूचना निकालेर  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।  सरकारले जेठ एक अर्थात् आजदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि नगरपालिकाले आज सूचना निकालेर अर्को सूचना नआएसम्म विद्यालय बन्द नगर्न भनेको हो ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताउनुभयो ।  सरकारले हप्तामा दुई दिन विद्यालयसमेत बन्द गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी रुपमा विरोध भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Naresh Danwar

    May 15, 2022, 6:34 p.m.

    हप्ताको २ दिन बिदा दिंदा सरकारी विद्यालयमा गाडी भएको त इन्धन खर्च घत्छ तर जहाँ गाडीहरू नै नभएको विद्यालयले विद्यालय बन्द गर्दा के बचाउन्छ। सवारी साधन भएको विद्यालयमा मात्रै लागू गर्नु पर्ने आवस्यक छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया