संखुवासभाको सिलिचोङमा नेपाली कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १७:८:८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिकाअध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार  विजयी हुनुभएको छ ।

अध्यक्ष पदमा भूपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ विजयी हुनुभएको हो । अध्यक्ष मेवाहाङले २ हजार २ सय तीन मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष कुलुङले २ हजार ७५ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङ (मञ्जिल)ले २ हजार ९ मत प्राप्त  गर्नुभएको छ भने उपाध्यक्षकाउम्मेदवार देवीकुमारी राई (भुमिका)ले एक हजार ७ सय ७० मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसले सिलिचोङ गाउँपालिकाको वडा नम्बर २ र ३ मा प्यानलसहित जितेको छ भने वडा नम्बर ४ मा अध्यक्ष सहित ३ सदस्य जितेको छ । त्यसैगरि नेकपा माओवादी केन्द्रले वडा नम्बर १ मा प्यानल, वडा नम्बर ४ मा एक सदस्य र वडा नम्बर ५ मा वडाध्यक्षसहित ३ सदस्य जितिसकेको छ । एक सदस्यमा भने नेकपा एमालेसँग बराबरी मत छ । उक्त मतलाई गोलाप्रथाबाट विजेता निर्धारण गरिने छ । 

यसअघि ०७४ सालमा पनि नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया