बालेन शाहकाे अग्रता बढ्दै, केशव स्थापितकाे मत ४ हजार पुग्याे

 जेठ २, २०७९ सोमबार १८:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार ६ सय ५८ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

अहिलेसम्मकाे गणनामा शाहले ७ हजार ७ सय ७१ मतसहित अग्रता कायमै राख्नुभएकाे हाे । नेकपा एमालेका केशव स्थापितले ४ हजार १ सय १३ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ५ सय ७३ मत प्राप्त गर्नुभएकाे छ । 

उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार ६ सय ६४ मत प्राप्त गर्दै अग्रता लिइरहनुभएकाे छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार १ सय ४६ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया